नीति तथा योजना
आदरणीय चौथो वार्षिक साधारण सभामा उपस्थीत प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, सञ्चालक सहकर्मीहरु, शेयरधनीहरू, कर्मचारीहरू, सरोकारवालाहरू, पत्रकार साथीहरू एवं उपस्थित सम्पूर्ण शुभचिन्तकहरूलाई हार्दिक नमस्कार १ बन्दीपुर केबलकार एंड टुरिजम लिमिटेडको चौथो वार्षिक साधारण सभामा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु।
कम्पनीद्वारा गत वर्ष तयार भएका कम्पनीका कोशेढुङ्गाहरूलाई प्रतिबिम्बित गर्न र आगामी दिनहरूको फराकिलो बाटोको रूपरेखा तय गर्न आज हामी यस सभामा गरिमामय सहभागिता सँगै अमूल्य समय समर्पित गर्दा, मलाई ‘एकले थूकी सुकी हजारले थूकी नदी’ भन्ने प्रचलित नेपाली उखानको प्रतीकात्मक मूल दृष्टिकोणको स्मरण भइरहेको छ। नेपालको पर्यटन क्षेत्रमा क्रान्ति ल्याउने र बन्दीपुरलाई विश्वव्यापी पर्यटकहरूका लागि प्रमुख गन्तव्यको रूपमा स्थापित गर्ने हाम्रो सपना पूरा गर्नका लागि अझ बढी सामूहिक मेहनत, दृढता, धीरता र कुशलतापूर्वक लाग्नुपर्ने महसुस भएको छ।
“ स्वदेशी र प्रवासी नेपालीहरुको संयुक्त लगानी एवं सम्भार स्वागत पर्यटकीय गन्तव्य बन्दीपुर केवलकार र क्वीनटावर ”
कम्पनीले संस्थागत सुशाासन नै भावी दिशा फराकिलो र विश्वसनीय बनाउने कडी हो भन्ने कुरालाई गम्भीर रुपमा बुझेको छ । सुशासनको अनुभूति व्यवहारिक रुपमा नै अनुभूति हुने गरी प्रर्दशन गर्नु कम्पनीको संस्कृति बनेको छ । कम्पनीले आफूलाई पारदर्शी, चुस्त, दुरुस्त राख्नका लागि कम्पनीको Management मा निरन्तर अद्यावधिक गर्ने नीति लिएर हरेक कार्यलाई व्यवस्थापन गरिरहेको छ । सञ्चालक समितिको कार्य अवधारणा म्याप, योजना कार्यान्वयनमा केन्द्रित गरिएको छ ।
नीति तथा योजना
आर्थिक व्यवस्थापन
कानुनी तथा अनुपालन व्यवस्थापन
परियोजना व्यवस्थापन ( केबलकार सञ्चालन विभाग, होटल सञ्चालन विभाग, रेस्टुरेǔट सञ्चालन विभाग,साहायक कम्पनीहरू सञ्चालन)
अतिरिक्त
प्राविधिक व्यवस्थापन
सञ्चार एवं यातायात व्यवस्थापन
सार्वजनिक सम्बन्ध व्यवस्थापन
संस्थागत
सम्पर्क
STU(Special Task Unit)
लेखा परीक्षण
मानव संसाधन व्यवस्थापन
इन्जिनियरिङ विभाग
E.R.T (Emergency Rescue Team)
I. R.O (International Relation Officer)
L.R.O (Local Relation Officers)