Associated Companies

Budhima Chimkeshwori Darshan Pvt. Ltd.
Budhima Chimkeshwori Darshan Pvt. Ltd.

बुढीमाँ छिम्केश्वरी दर्शन प्रा. लि. बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले लगानी गरेको परियोजना हो। यस परियोजनाले दैनिक १०,००० यात्रु ओसारपसार गर्नेछ। तनहुँको आँबुखैरेनीमा बटम स्टेसन, खर्कमा ट्रान्जिट स्टेसन र महाभारत शृंखलाको उच्च स्थानमा अपर स्टेसन निर्माण हुनेछ। १९० रोपनी क्षेत्रमा सांस्कृतिक थिम पार्क तथा रिसोर्ट बन्नेछ भने सो कम्पनीले १०० रोपनी सरकारी जग्गा लिजमा लिएर धार्मिक कुमारी नगरी पनि स्थापना गर्नेछ।

Bandipur Skywalk and Recreation Pvt. Ltd.

बन्दीपुर स्काईवाक् एण्ड रिक्रिएसन प्रा. लि. बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको लगानी रहेको अर्को कम्पनी हो। यसको विभिन्न इभेन्टहरुमा स्काई वाक, क्विक रोप जम्प, स्विङ, क्यान्टी लिभर वाक थ्रु, बन्जी जम्प, क्याप्सुल लिफ्ट, भ्युज रूम, र मिरर मेज हाउस जस्ता आकर्षण समावेश छन्।

Bandipur Skywalk and Recreation Pvt. Ltd.
Bandipur Banquet and Events Pvt. Ltd.
Bandipur Banquet and Events Pvt. Ltd.

बन्दीपुर बैङ्क्वेट एण्ड ईभेन्टस् प्रा.लि.ले विभिन्न राष्ट्रय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरु संचालन गर्ने गरी एक अत्याधुतिक पूर्वाधारयुक्त सम्मेलन केन्द्रको रुपमा सेवा प्रदान गर्नेछ। यसले विभिन्न कर्पोरेट कार्यक्रमहरु लगाएत विवाह, ब्रतवन्ध, महोत्सव तथा उत्सवहरु संचालन गर्ने योजना बनाएको छ। यस परियोजनाले बन्दीपुर क्षेत्रलाई वेडिंग डेस्टिनेसन र मखिरा अल्कोहलिक टुरिजम जस्ता नयाँ अवधारणामा प्रवद्र्धन गर्नेछ।

Siddha Gufa Ropeway Pvt. Ltd.

सिद्ध गुफा रोपवे प्रा. लि. एक साहसिक पर्यटन परियोजना हो, जसले विभिन्न साहसिक खेल र मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गर्ने योजना बनाएको छ । यसले १५० मिटर, २८०० मिटर (अंग्रेजी ठ आकारको) लामो जिपलाइन, स्काई साइकलिङ र सिद्ध गुफासम्म मोनोकेवल रोप–चियर लिफ्ट निर्माण गर्नेछ। यसले पर्यटन क्षेत्रलाई नया“ रौनक दिने र व्यापारिक लाभ ल्याउने अपेक्षासमेत गरेको छ।

Siddha Gufa Ropeway Pvt. Ltd.