अध्यक्षको संस्थागत सन्देश

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका सातौँ साधारण सभाका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरु, अतिथिज्यूहरु, कम्पनीका निर्देशकज्यूहरु, OCU समूह, जग्गादाताज्यूहरु, पत्रकार मित्रहरु, उपस्थित शेयरधनीहरु र कर्मचारीहरुप्रति हार्दिक अभिवादन व्यक्त गर्दछु र कम्पनीका तत्कालीन निर्देशक दिवंगत स्वर्गीय राम प्रसाद शर्मा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

“ स्वदेशी र प्रवासी नेपालीहरुको संयुक्त लगानी एवं सम्भार स्वागत पर्यटकीय गन्तव्य बन्दीपुर केवलकार र क्वीनटावर ”

नेपाल कला, संस्कृति, धार्मिक र ऐतिहासिक विरासतयुक्त देश हो । बन्दीपुर नेपाली पहिचानलाई अभिव्यक्त गर्ने ऐतिहासिक गन्तव्य हो । पहाडकी रानी अध्यक्षको संस्थागत सन्देश बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका सातौँ साधारण सभाका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरु, अतिथिज्यूहरु, कम्पनीका निर्देशकज्यूहरु, इऋग् समूह, जग्गादाताज्यूहरु, पत्रकार मित्रहरु, उपस्थित शेयरधनीहरु र कर्मचारीहरुप्रति हार्दिक अभिवादन व्यक्त गर्दछु र कम्पनीका तत्कालीन निर्देशक दिवंगत स्वर्गीय राम प्रसाद शर्मा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । “स्वदेशी र प्रवासी नेपालीहरुको संयुक्त लगानी एवं सम्भार स्वागत पर्यटकीय गन्तव्य बन्दीपुर केवलकार र क्वीनटावर” उपमाले प्रसिद्ध यसको महिमा संसारभरका पर्यटकहरुका लागि सुप्रचारित छ । हरेक पर्यटकीय गन्तव्यहरुले ऐतिहासिक विरासतको मौलिक विकास गरेर यसको सौन्र्दयता र महिमामार्फत् समाज विकासको विशिष्टतालाई चित्रण गर्नु पर्दछ भन्ने कम्पनी दृष्टिकोण हो । तसर्थः बन्दीपुरको पर्यटनलाई नयाँ शिराका साथ आधुनिक ढङ्गबाट संसारभरिका पर्यटकलाई आकर्षित गर्न आधुनिक पर्यटन पूर्वाधारहरुको जरुरत पर्दछ । त्यसको आपूर्ति बन्दीपुरमा बनिरहेको, “पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना” को निर्विकल्प एजेण्डाले मात्र गर्दछ। यो परियोजना दक्षिण एसियाकै आश्चर्यजनक पर्यटकीय पूर्वाधारको श्रेणीमा भिन्न र अनुपम छ । केवलकार सिधै चार तारे होटल, विशाल १६ तले “क्वीन टावर” मा प्रवेश गर्दछ । यो परियोजना स्वदेश र प्रवासमा बस्ने नेपालीहरुको लगानी र व्यवस्थापनमा मध्यम निम्न वर्गीय तप्काले पनि कर्पोरेट संस्कृतिको जगेर्ना गरी विशाल पूर्वाधार निर्माण गर्ने तागत राख्दछ भन्ने कुरा हामीले पुष्टि गर्नु पर्ने थियो, यसको निकट संघारमा हामी आईपुगेका छौँ । मुख्य कम्पनी आर.के.डी.होल्डिंग्स्को नेतृत्वमा अविभाज्य कम्पनी चेनको सैद्धान्तिक र व्यवस्थापकीय प्रणालीमा परियोजनाहरुको विकास र निर्माण कार्य निरन्तर जारी छ । Coops2Govs को अवधारणामा २ अर्ब १० करोड सम्मको लगानी विस्तारित गर्दै परियोजना थप विकसित भईरहेको छ । बैंकिङ्ग पार्टनरको रुपमा नेपाल एस.वि.आई बैंक लि. रहेको छ भने सहयोगीको रुपमा एन.एम.बी बैंक लि. छ । परियोजनाका फिचरहरु भिन्न, अनुपम, अत्यन्तै आकर्षक र लोभलाग्दो गरी डिजाइन निर्माण गरिँदै छ । बन्दीपुरलाई मुख्य पर्यटकीय गन्तव्य साथै धार्मिक पर्यटनका लागि खड्गदेवी मन्दिर दर्शनको एक मात्र साधनको रुपमा प्रयोगमा ल्याउने अभिप्रायका साथ परियोजना स्थापित भइरहेको छ । स्थानीय व्यवसायी र सरकारसँग मिलेर थप महत्वका पूर्वाधारको तयारी कम्पनीले गरेको छ । बन्दीपुरको बसाइलाई कम्तिमा २ रात बनाउने योजनामा कम्पनी केन्द्रित छ । यो परियोजनाले समग्र बन्दीपुर पर्यटन पूर्वाधारयुक्त केवलकार निर्माण अभियानमा एक ढिक्का बनाएको छ । यसले जन जनमा गौरव र गर्वको अनुभूत गराएको अवस्था छ । बन्दीपुर क्षेत्र ख्याती स्तम्भको रुपमा देशभर प्रचारित गर्ने सामग्री बनेर अगाडि आउने संघारमा प्रवेश गर्दैछ । बन्दीपुर केवलकार बन्नुको अर्थ सामाजिक उद्यमलाई अगाडि बढाउने र समाज एवं समुदायलाई उद्यमीकरण गर्ने सपना पूरा हुनेसँग सम्बन्धित भएको छ । किनकि परियोजनाको निर्माण समुदायको आय स्तरमा व्यापक वृद्धि गरी व्यवसायिक रुपमा समाजलाई पुँजीकरण गर्ने कुरासँग केन्द्रित छ । समुदाय अहिले आफ्नो जीवनस्तरमा पर्यटनमार्फत् परिवर्तन गराउने उद्देश्यमा केन्द्रित रहेर अगाडि बढेको महसुस गर्न पाउनु आफैमा चर्चा गर्न लायक भएको छ । यहाँबाट सिर्जना भएका अनेकाँै मुनाफा अंशियारअनुसार बाँडफाँड गरेर लिने र निरन्तर यस्ता परियोजनाको विकास गर्ने महत्वपूर्ण अवसर हामीलाई प्राप्त भएको छ। यो परियोजनाको परिकल्पना पूरा गर्न देश भित्र र बाहिर बस्ने नेपालीहरुको पुँजी र प्रविधिको लगानी महत्वपूर्ण र निर्णायक छ । राष्ट्र विकासको पहिलो पाइलाको रुपमा यस क्षेत्रका लगानीकर्ताहरु साझेदार र शुभचिन्तकका रुपमा अगाडि आउनुभएको भन्ने अनुभूति कम्पनीलाई भएको छ । आजसम्म यो यात्रामा साथ दिने बन्दीपुरवासी, जग्गा दाता, गाउँ सरकार, नेपाल सरकार लगानीकर्ता, वित्तीय संस्थाहरु, ठेकेदार कम्पनी, कन्सल्ट्यान्ट, इन्जिनियरहरु, कर्मचारीहरु एवं शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । “जय बन्दीपुर केवलकार”