शेयरधनी कल्याणकारी अग्राधिकार फण्ड (SWPF)

कम्पनी समूहका शेयरधनीहरूलाई भविष्यको प्रतिफल सुनिश्चिताका लागि तयार गरेको स्किम “शेयरधनी अग्राधिकार शेयर फण्ड SWPF कम्पनीले नियमित रूपमा शेयरधनीहरू वृद्धि गर्दै जाने र कम्पनीलाई वृहत पुँजी संरचनासहित सशक्त पूर्वाधार बनाउन सक्ने तागत हासिल गर्ने रणनीति र भिजन बोकेको छ । पछाडि लगानी गर्ने शेयरधनीहरूलाई समेत सम्मानपूर्वक कम्पनीमा भित्र्याउने र भैरहेका शेयरधनीलाई समेत लगानीको न्याय दिन सक्ने गरी “शेयरधनी अग्राधिकार शेयर फण्ड” को स्किम तयार गरिएको छ । यसले कम्पनीलाई न्यायोचित ढंगले सन्तुलनमा राखेर सम्पूर्ण शेयरधनीहरूलाई एकीकृत कमाण्डमा लैजान भरपुर मद्दत गर्दछ । सम्पूर्णको भविष्य सुनिश्चित गर्ने बाटो स्पष्ट गर्न सक्छ भन्ने बुझाइका साथ यो स्किम प्रस्तावना गरिएको छ ।

तदनुरुप :

क. लगानीका अनुसार क्लब वाइज RBC १ करोडदेखि माथि १ करोड ५० लाखसम्म यो सुविधा लिन सकिन्छ । अधिकतम लगानीलाई अधिकतम हिसाब मानेर अन्यको निर्धारण गरिनेछ ।

ख. RBDC ६० लाखदेखि ८० लाखसम्म अधिकतम लगानीलाई अधिकतम हिसाब मानेर अन्यको निर्धारण गरिनेछ ।

ग. RMC ४० लाखदेखि ५० सम्म अधिकतम लगानीलाई अधिकतम हिसाब मानेर अन्यको निर्धारणगरिनेछ ।

घ. RMDC २५ लाखदेखि ३५ सम्म अधिकतम लगानीलाई अधिकतम हिसाब मानेर अन्यको निर्धारण गरिनेछ ।

ङ RSMC १० लाखसम्म अधिकतम लगानीलाई अधिकतम हिसाब मानेर अन्यको निर्धारण गरिनेछ ।

च. RLC जति शेयर त्यतिनै सुविधाको हिसाब गरेर निर्धारण गरिनेछ ।

छ. विशेषः कार्यकारी निर्देशकको हकमा शेयर जतिसुकै भए पनि न्यूनतम १ करोडसम्मको सुविधा रहनेछ ।

  • स्किम लागू गर्नका लागि टुरिजम इन्भेष्टमेन्ट फण्डले कर्जा उपलब्ध गराउँदछ । जसको व्याजदर जम्मा ६.५% राखी सरदरमा किस्ता तालिकासमेत उपलब्ध गराउँदछ । कर्जा १० वर्षे रहनेछ ।

  • कर्जा रकम आरकेडी रियल स्टेटमा शेयर लगानी गरिनेछ । त्यो शेयर टुरिजममा धितो बन्धक रहनेछ ।

  • १०% डाउन पेमेन्ट भएपछि आरकेडीमार्फत् कवोल एकमुष्ठ रकमको नै वोनसको अग्राधिकार दर १०% कायम गरिनेछ ।

  • वार्षिक रूपमा १०% वोनस क्युमुलेटिभ हुँदै क्एँ मा जम्मा गरिनेछ । त्यो फण्ड टुरिजम इन्भेष्टमेन्ट फण्डमा खडा गरिनेछ ।

  • वोनस १०% पाउने गरी अग्राधिकार सुनिश्चित गरिएको छ । कम्पनिलाई कम नाफा भए पनि बढी नाफा भए पनि वोनस दर एकै हुनेछ ।

  • ५ वर्षसम्म सबै वोनस SPF मा सञ्चित रहनेछ । ५ वर्ष पछाडि आएको वोनसको ५% नगद शेयरधनीले उपयोग गर्न सक्नेछन्। ५% SPF मा नै जम्मा हुनेछ ।

  • १० वर्षसम्म यो फण्डमा वोनस जम्मा भैरहनेछ । त्यो अवधीसम्म निजले फण्ड प्रयोग गर्न सक्ने छैनन्।

  • दुर्भाग्यवश बिचमा शेयरधनीको दुर्घटनामा परी मृत्यु भएमा अघिल्ला सबै किस्ता र व्याज मिनाहा हुन्छ । कम्पनीको शेयर मार्फत परिवारले वोनस प्राप्त गरीरहन सक्नेछन्।

  • कम्पनीको ऋण भुक्तान गरिसकेपछि शेयरको प्रकारसमेत परिवर्तन गरिनेछ । जुनबाट कम्पनीले वितरण गर्ने वोनस अन्य शेयर सरह प्राप्त गरिनेछ ।

  • शेयरधनीको शेखपछि हकवालाले अन्य सरह सेवा सुविधा पाइरहनेछन्।

  • शेयरधनीले कर्जाको किस्ता तिर्न नसकेमा ब्रेक गर्न सक्नेछन्। ब्रेक गर्दा जति रकम भुक्तान गरेको छ त्यतिनै मात्र शेयर राखी बाँकी शेयर लिलामी गरिनेछ । यस्तो अवस्थामा जति रकम भुक्तान भएको छ त्यसलाई आधार मानी भुक्तान गरिसकेको वोनसमा बढी हुन जाने रकम जफत गरिनेछ ।

  • स्वस्थ ढंगले कारोवार गरी १० वर्षमा ऋण भुक्तान गरेपछि कम्पनीले प्रोत्साहन र भविष्यको सुरक्षाका लागि ऋण लिएकोरकम बराबर नै थप एकमुष्ठ शेयर रकम बराबर कम्पनीको शेयर दिनेछ।

  • यो सुविधामार्फत् शेयरधनीको कम्पनीमा स्किम प्याकेजको दोब्बर नेटवर्थ प्राप्त गर्ने सुनिश्चित आधार शेयरधनीलाई दिनेछ ।

  • समय सापेक्ष स्किम अझ परिस्कृत गर्दै लगिनेछ । विवादको अन्तिम निर्णय गर्ने सर्वाधिकार कम्पनीमा रहनेछ ।

उल्लेखित सुविधा र सर्तहरूको अधीनमा रहेर कम्पनीका शेयरधनीलाई आर्थिक रूपमा सुरक्षित र भविष्यमुखी बनाउने ग्यारेन्टी कम्पनीले गरेको छ । यसले कम्पनीलाई गतिवान् बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने कम्पनीको बुझाइ रहेको छ ।