• ram chandra sharma
    president
    shiva prasad sharma
    director
    taranath upadhyaya
    director
    krishnaraj adhikari
    director
    nawaraj karki
    director
    hari datta paudel
    director
    harka bahadur adhikari
    director
    kiran pokharel
    ceo
  • Representative of Panchase Cablecar & Tourism

    our president

    Mesage from President

    बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका सातौँ साधारण सभाका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरु, अतिथिज्यूहरु, कम्पनीका निर्देशकज्यूहरु, OCU समूह, जग्गादाताज्यूहरु, पत्रकार मित्रहरु, उपस्थित शेयरधनीहरु र कर्मचारीहरुप्रति हार्दिक अभिवादन व्यक्त गर्दछु र कम्पनीका तत्कालीन निर्देशक दिवंगत स्वर्गीय राम प्रसाद शर्मा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

    नेपाल कला, संस्कृति, धार्मिक र ऐतिहासिक विरासतयुक्त देश हो । बन्दीपुर नेपाली पहिचानलाई अभिव्यक्त गर्ने ऐतिहासिक गन्तव्य हो । पहाडकी रानी उपमाले प्रसिद्ध यसको महिमा संसारभरका पर्यटकहरुका लागि सुप्रचारित छ । हरेक पर्यटकीय गन्तव्यहरुले ऐतिहासिक विरासतको मौलिक विकास गरेर यसको सौन्र्दयता र महिमामार्फत् समाज विकासको विशिष्टतालाई चित्रण गर्नु पर्दछ भन्ने कम्पनी दृष्टिकोण हो । तसर्थः बन्दीपुरको पर्यटनलाई नयाँ शिराका साथ आधुनिक ढङ्गबाट संसारभरिका पर्यटकलाई आकर्षित गर्न आधुनिक पर्यटन पूर्वाधारहरुको जरुरत पर्दछ । त्यसको आपूर्ति बन्दीपुरमा बनिरहेको, “पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना” को निर्विकल्प एजेण्डाले मात्र गर्दछ। यो परियोजना दक्षिण एसियाकै आश्चर्यजनक पर्यटकीय पूर्वाधारको श्रेणीमा भिन्न र अनुपम छ ।

    View Our Story

    “ स्वदेशी र प्रवासी नेपालीहरुको संयुक्त लगानी एवं सम्भार स्वागत पर्यटकीय गन्तव्य बन्दीपुर केवलकार र क्वीनटावर ”

    ram chandra sharma
governance

our committes

कम्पनीले संस्थागत सुशाासन नै भावी दिशा फराकिलो र विश्वसनीय बनाउने कडी हो भन्ने कुरालाई गम्भीर रुपमा बुझेको छ । सुशासनको अनुभूति व्यवहारिक रुपमा नै अनुभूति हुने गरी प्रर्दशन गर्नु कम्पनीको संस्कृति बनेको छ । कम्पनीले आफूलाई पारदर्शी, चुस्त, दुरुस्त राख्नका लागि कम्पनीको Management मा निरन्तर अद्यावधिक गर्ने नीति लिएर हरेक कार्यलाई व्यवस्थापन गरिरहेको छ । सञ्चालक समितिको कार्य अवधारणा म्याप, योजना कार्यान्वयनमा केन्द्रित गरिएको छ ।

  • नीति विभाग

  • आर्थिक व्यवस्थापन

  • कानुनी व्यवस्थापन

  • लेखा परीक्षण

  • मानव संसाधन व्यवस्थापन

  • इन्जिनियरिङ विभाग

  • STU(Special Task Unit)

  • दुर्भाग्यवश बिचमा शेयरधनीको दुर्घटनामा परी मृत्यु भएमा अघिल्ला सबै किस्ता र व्याज मिनाहा हुन्छ । कम्पनीको शेयरमार्फत्परिवारले वोनस प्राप्त गरीरहन सक्नेछन्।

  • कम्पनीको ऋण भुक्तान गरिसकेपछि शेयरको प्रकारसमेत परिवर्तन गरिनेछ । जुनबाट कम्पनीले वितरण गर्ने वोनस अन्य शेयर सरह प्राप्त गरिनेछ ।

  • शेयरधनीको शेखपछि हकवालाले अन्य सरह सेवा सुविधा पाइरहनेछन्।

  • शेयरधनीले कर्जाको किस्ता तिर्न नसकेमा ब्रेक गर्न सक्नेछन्। ब्रेक गर्दा जति रकम भुक्तान गरेको छ त्यतिनै मात्र शेयर राखी बाँकी शेयर लिलामी गरिनेछ । यस्तो अवस्थामा जति रकम भुक्तान भएको छ त्यसलाई आधार मानी भुक्तान गरिसकेको वोनसमा बढी हुन जाने रकम जफत गरिनेछ ।

  • स्वस्थ ढंगले कारोवार गरी १० वर्षमा ऋण भुक्तान गरेपछि कम्पनीले प्रोत्साहन र भविष्यको सुरक्षाका लागि ऋण लिएकोरकम बराबर नै थप एकमुष्ठ शेयर रकम बराबर कम्पनीको शेयर दिनेछ।

  • यो सुविधामार्फत् शेयरधनीको कम्पनीमा स्किम प्याकेजको दोब्बर नेटवर्थ प्राप्त गर्ने सुनिश्चित आधार शेयरधनीलाई दिनेछ ।

  • समय सापेक्ष स्किम अझ परिस्कृत गर्दै लगिनेछ । विवादको अन्तिम निर्णय गर्ने सर्वाधिकार कम्पनीमा रहनेछ ।

chain of command

Operating Model