बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार तथा हार्दिक सम्मान

कम्पनीले बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार–२०७६ स्थापना गरेको थियो । यो पुरस्कार उद्यमशील पत्रकारितासँग सम्बन्धित रहेको छ । “उद्यमशीलता नै वास्तविक अर्थमा समाज सेवा हो” भन्ने मान्यता स्थापित गराउनु कम्पनीको दृष्टिकोण हो । कम्पनीको नीति बमोजिम पुरस्कृत हुने व्यक्तिहरुलाई कम्पनीमा जगेडामा रहेको शेयरवापत रु. १ लाखको शेयर राशिले सम्मान गर्दा जीवनभर सम्मानित हुने वयक्तिले सम्मान पाइरहन सक्छन् भन्ने कम्पनीको बुझाई हो ।

यस् बर्ष 2078 पुरस्कार वितरणका लागि तारानाथ उपाध्यायको संयोजकत्वाम सदस्यहरु शिव प्रसाद शर्मा र कृष्णराज अधिकारीको छनोट समिति गठन गरिएको थियो । सो समितिको सिफारिसमा द हिमालयन टाइम्सका संवाददाता, प्रादेशिक खबर राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं रिपोटर्स क्लव गण्डकी प्रदेशका संयोजक श्री मदन वाग्लेलाई उक्त पुरस्कारले सम्मान गर्ने निर्णय गरियो |

यस् बर्ष 2076 पुरस्कार “बन्दिपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार” तारानाथ उपाध्याय, संयोजक सदस्यहरु दुर्गा प्रसाद शर्मा, किरण पोख्रेल, शिव प्रसाद शर्मा र कृष्णराज अधिकारी रहेको छनोट समितिले रा.स.स. तनहुँ प्रतिनिधि श्री कृष्ण न्यौपानेलाई पुरस्कारले सम्मान गर्ने सिफारिस गरेबमोजिम सिङ्गो कम्पनी एवं पाचौँ साधारण सभा उद्यमशिल पत्रकार श्री कृष्ण न्यौपानेप्रति हार्दिक सम्मान अर्पण गरियो |