बन्दीपुर केवलकार परियोजना

बन्दीपुर ऐतिहासिक, पुरातात्तिक, कला, संस्कृति र धार्मिक सम्पदाले भरिपूर्ण पहाडकी रानी उपमाले प्रसिद्व छ । प्रचारको दृष्टिकोणबाट ओझेलमा परेको साक्षात तरवार रुपी देवी खड्गदेवी मन्दिर संसारभर अलग्गै गाथा र महिमा बोकेको महत्वपूर्ण शक्तिपीठ रहेको छ । केही समय जमिन छाडेपछि दर्शन गर्यो भने इमानदार र सत्यको बाटो प्राप्त गर्ने वरदान पाइन्छ भन्ने विश्वास रहेको छ । विशेष गरी वर्षमा दशैंको समयमा सप्तमी र अष्टमीको दिन मन्दिर खुल्ला हुने गर्दछ । प्रायः जसो दशैंमा पिङ्ग खेल्ने गर्छन् । सो समयमा मन्दिर दर्शन गर्दा सबैलाई फल मिल्छ भन्ने र्धािर्मक विश्वास रहेको छ । यसकारण सीमित समय मात्र वर्षको २ दिन मन्दिर खुल्ला गरिने गरिएको छ । केवलकार बनेपछि मन्दिर नियमित दैनिक खुल्ला गराउने एवं दर्शनार्थीलाई दर्शनकालागि नियमित ढोका खोलिदिने अभिप्रायले केवलकार कम्पनीले मन्दिर व्यवस्थापन समितिसँग मिलेर ठोस योजना बनाउँदै छ । व्यवसायिक पर्यटकीय गतिविधि मुख्य बजारको रुपमा हुदाँहुँदै पनि सहायक रुपमा धार्मिक पर्यटकहरुलाई आकर्षित गराई शुद्धमनले दर्शन गराई पर्यटन प्रवद्र्धन योजनाका साथ परियोजनालाई उपयोगमा लगाइनेछ । यसको काम अन्तिम गन्तव्यतर्फ लागेको छ । मुख्य गरी तेश्रो मुलकका पर्यटन र अन्य पर्यटनका बहुआयमिक पक्षको अनुपम मज्जा दिने र बन्दीपुरको पर्यटनको संवर्धन एवं प्रर्वद्धन गर्ने र धार्मिक गन्तव्यको फ्युजनको रुपमा स्थापित गर्न मुख्य एजेण्डा पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना प्रमुख साधन बन्छ भन्ने आम बुझाई स्थापित भइसकेको छ । अब बन्दीपुरमा प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, कलात्मक संस्कृतिको अवलोकन गरी नवीन मज्जा लिन सकिन्छ । खड्ग देवी, थानीमाई मन्दिर, तीन धारे महादेव लगायतका धार्मिक शक्तिपीठ एवं देवालयहरुको एकै ठाउँमा दर्शन गर्न सकिने धार्मिक संयोग प्राप्त गर्न सकिन्छ। यसले केवलकार निर्माणको योजनालाई झन् सार्थकता बनाएको छ । यो “पर्यटन पूर्वाधारयुक्त केवलकार गुरुयोजना हो र सर्वाङ्गीर्ण पर्यटनको आधार शिला हो ।”

  • बन्दीपुर केबलकार परियोजना लक्षित लागत (रु २,५०,००,००,०००) अक्षरुपी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

  • बन्दीपुर परियोजना निर्माणको व्यवस्थापन Holding Company ले नै लिएको छ ।

  • कोभिड र राजनैतिक अस्थिरताका कारण यो वर्ष देशको आन्तरिक अवस्था पनि त्यति सहज देखिँदैन | तर आगामी वर्ष पर्यटनको नयाँ र उपलब्धिमूलक परिस्थिति सिर्जना हुने निश्चितप्रायः देखिएको छ |

मोनोकेवल डिटाचेवल रोटेटिङ गोण्डोला सिस्टम

  • ५००+

    ५०० यात्रु प्रति घण्टा

  • १६+

    १६ घण्टा माथि सेवा दिन सक्ने

कम्पनीले तल उल्लखित विवरणको जग्गा खरिद गरेको छ ।

क्र.स जिल्ला गा.पा नक्सा नं. कित्ता नं. क्षेत्रफल परित मिति जग्गा विक्रेता
१. तनहुँ बन्दीपुर LPT ४ क १३ १६–५–१–१ २०७४/१२/०८ काजीराम पिया
तनहुँ बन्दीपुर LPT ४ ग ५९४ ५–०–०–० २०७०/०६/१० शम्भुलाल थापा
३. तनहुँ बन्दीपुर LPT ४ ग ८५९ ४–९–२–० २०७६/०९/२५ टिकाराम/नविन अधिकारी
४. तनहुँ बन्दीपुर LPT ४ ग ५९७ १–१२–१–० २०७०/०७/०५ रेवती माया मगर
५. तनहुँ बन्दीपुर LPT ४ ग ८१६ ३–०–३–० २०७६/०९/१८ रेवती माया मगर
६. तनहुँ बन्दीपुर LPT ४ क १३६ ०–८–०–० २०७६/११/२० दिलमाया चुमी मगर
७. तनहुँ बन्दीपुर LPT ४ ग ८८३ ४–०–०–० २०७८/०३/२८ टिकाराम/नविन अधिकारी
८. तनहुँ बन्दीपुर LPT ५ १–४–३–० २०७५/०४/२७ ओम कुमार पिया
९. तनहुँ बन्दीपुर LPT ५ २–१२–२–० २०७५/०९/२८ टिकाराम अधिकारी
१०. तनहुँ बन्दीपुर LPT ५ ४६३ १–०–०–० २०७६/०५/११ राज कुमार पिया

बन्दीपुर केवलकारले नेपाल सरकारलाई वन उपभोग गरेवापत् दिएको जग्गाको विवरणः

क्र.स जिल्ला गा.पा नक्सा नं. कित्ता नं. क्षेत्रफल परित मिति
१. तनहुँ रूपाटार–१, राम्जाकोट १ ट २५–०५–०३–०२ २०७५/०५/०७

बन्दीपुर केवलकारले नेपाल सरकारलाई वन उपभोग गरेवापत् दिएको जग्गाको विवरणः

क्र.स ठेगाना नाम कित्ता नं. क्षेत्रफल लिज मिति स्थान
१. बन्दीपुर–४, तनहुँ रेवतीमाया मगर ८१७ ३–०–०–० २०७६/०८/१९ Lower terminal point
२. बन्दीपुर–४, तनहुँ राजकुमार पिया ४६४ ४–६–०–० २०७६/०६/१५ Upper terminal point
३. बन्दीपुर–४, तनहुँ चिरन पिया समेत १–८–०–० २०७६/०९/०८ Lower terminal point
४. बन्दीपुर–४, तनहुँ माउन्टेन रिसोर्ट प्रा.लि. ०–१२–१–१ २०७६/०४/१० Upper terminal point

नोटः माउन्टेन रिर्सोट प्रा. लि. को जग्गा कित्ता न. ३ बाट ३ वटा पोल र एलाइमेन्टमा पर्ने मापदण्डको जग्गा लिजमा लिइएको । यसले ४ रोपनी बराबरको क्षेत्रफललाई प्रभावमा राख्दछ ।

Special features of bandipur cablecar

Bandipur Cablecar & Tourism Limited Company focus on Cablecar with Tourism. Company has Asia Unique Cablecar and has different projects with it some of the special Features includes:

Other Potential Investment Infrastructure

बन्दीपुर परियोजनालाई व्यवसायिक हिसाबले थप बल पुग्ने कोणबाट अन्य सहयोगी पूर्वाधारहरु निर्माण गरिने छ । तर ती पूर्वाधारहरु अन्य कम्पनी खोली तेस्रो पक्षको संयुक्त उद्यममा कम्पनीलाई फाइदा पुग्ने गरी निर्माण गरिने छ ।